ताइवानकाे एक अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी  ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।  यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ ।

पिङटुङ काउन्टी सरकारले आगलागी स्थलबाट उद्धार गरिएका छ जना पुरुष र दुई जना महिला गरी ८ जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ । 

स्थानीय दमकल विभागले बिहान ७ः४१ बजे अन्ताइ तियान–शेङ मेमोरियल अस्पतालको एक भवनबाट बाक्लो धुवाँ निस्केको जानकारी पाएको जनाएको छ। अस्पतालका अवैतनिक डीन सु चिङ–चुआनले यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालको भवनको मेशिन कक्षमा एयर कम्प्रेसर जलाइएका कारण आगलागी भएको र अधिकांश पीडितहरू अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरू रहेको बताएका थिए।

घटनास्थलमा रहेका उद्धारकर्मीले स्थानीय सञ्चार माध्यमलाई आगो नियन्त्रणमा आइसकेको बताएका छन् ।
 

प्रतिक्रिया