कम्बोडियाको आम निर्वाचनमा हुन सेनको दललाई सफलता

लोकतन्त्रको खिल्ली उडाएको आलोचकको टिप्पणी

कम्बोडियाको आम निर्वाचनमा प्रधानमन्त्री हुन सेनको दलले सानदार जित हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा हुन सेनको कम्बोडियन पिपुल्स पार्टीले विजयी हासिल गरेको हो । निर्वाचनमा ८४ दशमलव ६ प्रतिशत योग्य मतदाताले मतदान गरेको तथ्यांक त्यहाँको निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचनपछि ७० वर्षीय पूर्व खमेर रुज गुरिल्ला हुन सेनले आफ्ना जेठा छोरा तथा वर्तमान सेना प्रमुख हुन् मानेटलाई सत्ता हस्तान्तरण गर्ने योजना बनाएका छन । निर्वाचनमा सीपीपीले कति सिट ल्यायो भन्ने स्पष्ट भैसकेको छैन । एसियाकै सबैभन्दा लामो समय सेवा गर्ने ७० वर्षीय हुन सेनले पछिल्लो ३८ वर्षमा आफ्नो पार्टीको शक्ति लगातार बढाउँदै आएका छन् ।

प्रतिक्रिया