झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाकै सनाखत

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाकै सनाखत भएको छ । दुई वटा माइक्रो र एउटा बसलाई असोज ११ गते पहिरोले पुर्दा मृत्यु भएका ३५ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल–१६ का ३५ वर्षीय प्रकाश कुँवर, ३३ वर्षीय अनुप तल ठकुरी कुँवर, २९ वर्षीया सिर्जना कुँवर, रुपन्देही देवदह–४ का ५० वर्षीय रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा–७ का २५ वर्षीय बोमबहादुर खाम्चा रहेका छन् ।

त्यसैगरी, धादिङको धुनिवेशी–९ का ३३ वर्षीय सुमन बजगाईं, स्याङको गल्यान–३ का ४५ वर्षीया सीता भट्टराई, १४ वर्षीय दिपक र दिपेश भट्टराई, गुल्मीको गुल्मी दरबार–७ का ३२ वर्षीय जुद्धबहादुर रायमाझी, ३१ वर्षीया प्रमिता भुषाल, २ वर्षीय कृशव रायमाझी, नुवाकोट सामरी–५ का २१ वर्षीय साइमन तामाङ रहेका छन् । पर्वत कुश्मा–२ का ३१ वर्षीय पुष्पा शर्मा, गोरखा बारपाक सुलिकोट–७ का २८ वर्षीय नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट–१५ का तेजबहादुर बिष्ट, गोरखा गण्डकी–४ का ४० वर्षीय नवराज तिवारी, बझाङको जयपृथ्वी–१ का २३ वर्षीय नवीन सिंह, चितवन भरतपुर–२१ २१ वर्षीया अनिता थापामगर, मकवानपुर मनहरी–९ का ३३ वर्षीय सन्तु विकको पनि मृत्यु भएको छ । 

त्यस्तै, काठमाडौं महानगरपालिका–१६ का ४८ वर्षीय आनन्द राजवंशी, चितवन खैरहनी–३ का १९ वर्षीय सिद्धार्थ गुरुङ, तनहुँ भानु–३ का २६ वर्षीय जनक कुँवर, चितवन भरतपुर–९ का ५३ वर्षीय मोहनदास आचार्य, काठमाडौँ चन्द्रागिरी–१ का ५६ वर्षीय नरेन्द्र खत्रीको मृत्यु भएको छ । पहिरोमा परी गोरखा भिमसेन–४ का ४७ वर्षीय मदन परियार दमै, १५ वर्षीय विनायक भट्टराई, गोरखा धोर्चे–७ का २७ वर्षीय सुके दमै, बागलुङ बडिगार्ड–२ का ५२ वर्षीय इन्द्रजित राना, ४० वर्षीया भिमकुमारी राना, जुम्ला सिजा–६ का हरिबहादुर बुढा, धादिङ ज्वालामुखी–२ का २६ वर्षीया लिलामाया तामाङ, सर्लाही चक्रघट्ट–६ का १७ वर्षीय वसन्त शाह, सप्तरी सप्तकोशी–७ का २८ वर्षीय नन्दप्रसाद किशोर चौधरी र तनहुँ ब्यास–५ का ३४ वर्षीय लेखनाथ ओझाको मृत्यु भएको हो ।

 गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७  जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए । शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।।
 

प्रतिक्रिया