सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

दाङ । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । 

बिहीबार बिहान सवा ९ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथि बाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ । 
रासस 

प्रतिक्रिया