भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्व मन्त्रीलाई एक वर्षको जेल सजाय

एजेन्सी । सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानूनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ ।

फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायात मन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वको सबै भन्दा कम भ्रष्टचार हुने देश मध्येको एक देशको रूपमा उद्धृत गरिएको सिङ्गापुरमा उक्त आरोप भ्रष्टाचार सँग सम्बन्धित थियो।

इश्वरनको सजाय अभियोजन पक्षले अनुरोध गरेको छ देखि सात महिनाको भन्दा बढी गम्भीर थियो, जुन उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले सार्वजनिक विश्वासमा मुद्दाको प्रभावलाई ध्यानमा राख्दै “स्पष्ट रूपमा अपर्याप्त“ हुने बताएका थिए।

“सार्वजनिक संस्थाहरू माथिको विश्वास र भरोसा प्रभावकारी शासनको आधार हो । एउटा सरकारी कर्मचारी निष्ठा र जवाफदेहिताको मापदण्ड भन्दा तल झरेको जस्तो देखिने मुद्दामा उक्त सजाय अझै कम हो जस्तो लाग्छ,“ हुङले बिहीबार सजाय सुनाउँदै भने ।

गत साता ईश्वरनलाई न्यायमा बाधा पुर्‍याएको र अवैध उपहार स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । अभियोजन कर्ताहरूले एक अर्बपति घरजग्गा व्यवसायी सँग सम्बन्धित केही सहितकेवल ५ वटा कमजोर आरोपहरू अघि बढाएका थिए।

स्थानीय सञ्चार माध्यमका अनुसार उनले प्रतिरक्षा टोलीले ईश्वरनलाई अक्टोबर ७ देखि लागु हुनेगरी जेल सजाय सुनाउन माग गरेको छ ।
अदालतले ६२ वर्षीय उनलाई त्यस दिन अपरान्ह ४ बजे स्टेट्स कोर्टमा आत्मसमर्पण गर्न आदेश दिएको थियो ।

तीन लाख अमेरिकी डलर भन्दा बढी मूल्यका उपहार स्वीकार्ने जस्ता आरोप बारे औपचारिक रूपमा सूचित भए पछि ईश्वरनले जनवरीमा राजीनामा खिएका थिए । उनले राजीनामा पत्रमा अदालतमा आफुमासथको आरोप बारे सफाइ दिने बताए । 

ईश्वरनले सरकारलाई करिब २ लाख ९५ हजार अमेरिकी डलर नगद, ब्रोम्पटन साइकल लगायतका उपहार समेत फिर्ता दिइएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

ईश्वरनले सिंगापुरका धनाढ्य होटल व्यवसायी ओङ बेङ सेङको खर्चमा एक बिजनेस क्लासको उडानको अनुसन्धान गर्न सिंगापुरका अधिकारीहरूलाई रोक्ने प्रयास सँग सम्बन्धित मुद्दामा बाधा पुर्‍याएको आरोप लगाइएको छ। 

अन्य चार आरोप होटल प्रोपर्टीज लिमिटेडका प्रबन्ध निर्देशक ओङ र एक निर्माण कम्पनी लुम कोक सेङका शीर्ष निर्देशक ओङ बाट ह्विस्की र गल्फ क्लबका बोतल सहित उपहार प्राप्त गरेको सँग सम्बन्धित छन् ।

उक्त मुद्दामा कुनै पनि व्यवसायीले सजाय भोगेका छैनन् ।
रासस 

प्रतिक्रिया