पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार बिहान भुटान प्रस्थान गरेका छन्।
शाह भुटानी राजपरिवारको निमन्त्रणामा ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान थिम्पु प्रस्थान गरेका हुन्। उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन्।

निर्मल निवास सम्वाद सचिवालयले यो भ्रमणलाई निजी भनेको छ। पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया