वर्षाले झापामा ५ करोड २१ लाखको क्षति

झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा ५ करोड २१ लाख भन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा ५ करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा १ करोड ७७ लाख ९२ हजार ३ सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा  १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर १ करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा  गरी १ करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ ।

“हालसम्म ५ वटा पालिकाको क्षति विवरण प्राप्त भएको छ, “विवरण सङ्कलन जारी छ ।” केन्द्रका प्रमुख सागर विष्टले भने । 

रासस 

प्रतिक्रिया