राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  बडा दशैंका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजा अर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन् । 

दुर्गापक्षको पहिलो दिन बिहीबार राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उनले घटस्थापना गरेर जमरा राखेका हुन् । 

बिहीबार  विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमी सम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियम अनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ
रासस 

प्रतिक्रिया