देशभर अझै अवरुद्ध भएका यी सडकखण्ड  (सूचीसहित)

काठमाडौं । अविरल वर्षा सँगै आएको बाढी पहिरो बाट अवरुद्ध भएका सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा बन्द रहेका छन् ।

गत शुक्रबार र शनिबार लगातारको वर्षा पछि विभिन्न स्थानमा खसेको पहिरोको कारण विभिन्न सडकहरु अवरुद्ध भएका हुन् । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन बिहीबार पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।

नेपाल प्रहरीले बिहीबार बिहान सडक तथा राजमार्गहरुको अवस्था बारे जानकारी दिँदै काठमाडौं उपत्यका सहितका साना सडक देखि  राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन नसकेको उल्लेख गरेको छ ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण वी.पी. राजमार्ग, फर्पिङ र कान्तीलोक पथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ ।

प्रतिक्रिया