लेबनानमा ८ जना इजरायली सेनाकोे मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह विरुद्धको लडाई लड्न गएका ८ जना इजरायली सेनाको मृत्यु भएको छ । 

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सैनिक मारिएको जनाएको हो । इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ । 

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन ईथन यित्जाकको रूपमा खुलासा गरिएको थियो। ईथन २२ वर्षका थिए। उनी लेबनानमा स्थल कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए। 

इजरायलको आक्रमण बाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायल माथि आक्रमण गरेका छन् ।

मंगलबार राति एकै दिन इरानले १८० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।

प्रतिक्रिया