राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् । 

हालै आएको बाढी पहिरोबाट पीडितहरूलाई राहत प्रदान गर्न कोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने निर्णय गरेको राष्ट्रपतिको सचिवालयले जनाएको हो ।

त्यसैगरी, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलव सुविधा सो कोषमा प्रदान गर्ने  सचिवालयले जनाएको छ ।

प्रतिक्रिया