आज रातिवाट २०२६ को लागि अमेरिकाको डि.भि. लोटरी खुल्ने

काठमाडौ । डाइभर्सिटी भिसा कार्यक्रम अन्र्तगत २०२६ को लागि डिभि लोटरी आज रातिवाट खुल्ने भएको छ ।  आज अक्टोबर २, नेपाली समय अनुसार राति ९:४५ बजेबाट डिभि लोटरी खुला गरिन लागेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । डिभि लोटरीको आवेदन https://dvprogram.state.gov/ मा अक्टोबर २, नेपाली समय राति ९:४५ बजे  देखि नभेम्बर ५ , राति १०:४५ बजे सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने दुतावासले जनाएको छ ।
डिभी कार्यक्रममा छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने भन्दै प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन दुतावासलले आग्रह गरेको छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुतावासलले जनाएको छ । 

प्रतिक्रिया