वर्षाको असर: टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौं ।  केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढी पहिरो, डुबान लगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९एनटिसी० र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब  २२ करोड रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ ।

बाढी पहिरो, डुबान, चट्ङ्याङ लगायत समस्याबाट विद्युत आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौडेलको भनाइ छ । 

पोल ढल्ने, तार चुँडिने लगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा शुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए । 

प्रतिक्रिया