प्रस्तावित प्रधानन्यायाधीश राउतको २४ बुँदे योजना (पूर्णपाठ)

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संसदीय सुनुवाइ समितिसमक्ष २४ बुँदे कार्ययोजना पेस गरेका छन् । आज समितिमा सुनुवाइको क्रममा उनले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने प्रतिवद्धता जनाए ।

उनले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना पनि सुनाए । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको भन्दै उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढ्ने बताएका छन् ।

 

 

प्रतिक्रिया