चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्र चार स्थानमाथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् । 

नेपाली खेलाडी आइसिसी वरीयताको कुनै पनि क्याटागोरीमा दोस्रो स्थानमा पुगेको यो पहिलो पटक हो। 
इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् । उनले अस्ट्रेलियाका मार्कुस स्टोनिस, जिम्बाब्वेका शिकन्दर राजालगायतका स्टारलाई पछाडि पारेका छन् ।
दीपेन्द्र टी-२० ब्याटिङ वरीयतामा दुई स्थान माथि उक्लदै ४३औं स्थानमा छन्। टी-२० बलिङ वरीयतामा दीपेन्द्र २३ स्थानमा माथि उक्लदै ७०औं स्थानमा छन्।

प्रतिक्रिया