नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ । 

प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको अख्तियारको टोलीले छापा मार्ने क्रममा प्राधिकरणबाट केही महत्वपूर्ण कागजात जफत गरेको छ ।  अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको प्राधिकरणको नयाँ भवन निर्माण,बिभिन्न परियोजना लगायतमा अनियमितता भएको उजुरी अख्तियारमा परेको छ ।

चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । अख्तियारमा परेको उजुरीमा कमसल निर्माण सामाग्री र प्रविधि प्रयोग गरेर भवन निर्माण गरेको र त्यसमा प्राधिकरण नेतृत्वले अनियमितता गरेको दावी गरिएको छ । 

प्रतिक्रिया