इजरायलमा अन्धाधुन्द गोली हानेर ७ जनाको हत्या गर्ने प्यालेस्टिनी आतङ्ककारी


एजेन्सी । इजरायली रक्षा बल (आईडीएफ)ले पश्चिमी किनाराको हेब्रोन शहरमा गत राति जाफामा घातक गोली र छुरा प्रहार गरेर ७ जनाको हत्या गर्ने दुइ जना व्यक्ति प्यालेस्टिनी आतङ्ककारी भएको जनाएको छ । 

 मंगलबार राति जाफाको तेल अभिव लाइट रेल र नजिकैको सडकमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका थिए । घाइत ेमध्ये एक जना आइडीएफ सैनिक पनि थिए, जो गम्भीर घाइते भएका थिए।आईडीएफले आक्रमणमा प्रयोग गरिएको राइफल खरिद गर्न र इजरायलमा घुसपैठ गर्न आतङ्ककारीहरूलाई सहयोग गरेको आशङ्कामा धेरै संदिग्ध हरूलाई पनि हिरासतमा लिएको र सोधपुछ गरेको जनाएको छ। इजरायली सेनाले  उनीहरु कसरी इजरायलमा प्रवेश गरे भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, आईडीएफले आतंकवादीहरूको गृहनगर हेब्रोन बन्द गरेको छ।इजरायली प्रहरीका  अनुसार आक्रमणमा संलग्न मध्ये एक जनाको गोली हानी हत्या गरिएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । तीमध्ये एक जना आक्रमण भएको स्थान नजिकै काम गर्ने व्यक्ति भएको र त्यस कारण उ त्यस क्षेत्रसँग परिचित भएको इजरायली संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया