आ-आफ्नो पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन । आज नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई कीर्तिपुरमा सम्बोधन गर्दै उनले कम्यनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताएका हुन । कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने भन्दै अध्यक्ष नेपालले कम्युनिष्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उल्लेख गरे ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको बताए ।
प्रतिक्रिया