क्रान्तिकारीको सम्मेलनको बन्दसत्र स्थगित

काठमाडौं। कीर्तिपुरमा जारी अखिल (क्रान्तिकारी) को बन्दसत्र स्थगन गरिएको छ ।उमेर हद लगाउने कि नलगाउने भन्नेमा विद्यार्थी नेताहरूबीच उत्पन्न विवाद समाधान नभएपछि बुधबारका लागि बन्द सत्र स्थगित भएको हो।
स्थगित अघि सम्मेलन स्थलमा कुर्सी  समेत तोडफोड भएको छ । उमेर हद राख्ने कि नराख्ने भन्ने बारेमा विवाद बढेपछि असोज १० गतेदेखि सुरू भएको राष्ट्रिय सम्मेलनमा अझै निर्वाचन प्रक्रिया सुरू हुन सकेको छैन ।अध्यक्ष मण्डलले विज्ञप्ति जारी गर्दै बन्दसत्र पुनस् असोज १७ गते बिहीबार १० बजे सुरु हुने जानकारी गराएको छ ।नेतृत्वमा सहमति नजुट्दा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ । 

प्रतिक्रिया