ढिस्कोले पुरिएर २ जनाको मृत्यु

काठमाडौं । हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका - ३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए ।

बुधबार  बिहान दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ  ।  मृतकको शव पनि पोस्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

प्रतिक्रिया