जिबुतीमा  आप्रवासी सवार डुङ्गा पल्टिँदा ४५ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक जिबुतीमा  आप्रवासी सवार डुङ्गा पल्टिँदा ४५ जनाको मृत्यु भएको छ । 

जिबुतीको तटीय क्षेत्रमा भएको  दुईवटा  आप्रवासी सवार  डुङ्गा पल्टिँदा  ४५ जनाको मृत्यु भएको र धेरै जना बेपत्ता भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  ३ सय १० जना यात्रु बोकेर यमनबाट मङ्गलबार पूर्वी अफ्रिकी राष्ट्र जिबुती आउँदै गरेका डुंगा  लाल सागरमा डुबेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ । ६१ व्यक्ति अझै बेपत्ता भएका र उनीहरुको  खोजी कार्यहरू निरन्तर जारी रहेको  जिबुतीका तटरक्षकले बताएका छन् ।

अफ्रिकाबाट आएका शरणार्थीहरू र आप्रवासीहरूले प्रयोग गर्ने संसारमा सबैभन्दा व्यस्त र सबैभन्दा खतरनाक मध्ये एक बाटोमा यो लाल सागरको मार्ग पर्दछ ।  
 

प्रतिक्रिया