आनन्दीवेनको जनकपुर भ्रमण स्थगित

जनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ । 

पछिल्लो बाढी लगायत प्राकृतिक प्रकोपका कारण भ्रमण स्थगित भएको हो । प्राकृतिक प्रकोपको समय सुरक्षा संयन्त्रहरुको ध्यान आफ्नो भ्रमणको कारण बाढी पिडित जनतालाई सेवा दिन बाट बन्चित नहोस भनेर भ्रमण स्थगित गरेको जनाइएको छ । 

जनकपुरधामको धार्मिक कार्यक्रम लगायत दुइ देशको सांस्कृतिक आदान प्रदानको लागि उनी दुइ दिनको जनकपुर भ्रमणमा आउदै थिइन् । उनले  १७ औं मध्य प्रदेशको गभर्नर साथै छतिस गढको गभर्नरका रुपमा सेवा गरिसकेकी छन् । 
 

प्रतिक्रिया