आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना तिराएको छ । विभागले बुधबार जावलाखेलस्थित आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको हो । यस कम्पनीमा पुरानो खुइलिसकेको प्याकेटको खाने तेल प्रयोग गरी मिठाइ उत्पादन गरिएको फेला पारेको थियो ।  
 
 

प्रतिक्रिया