विपदमा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिन अघि परेको अविरल वर्षा पछि आएको बाढी पहिरो पीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकार सँग आग्रह गरेका छन् । 

बाढी पहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उनले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

बाढी पहिरो बाट लाखौँ जनताका अर्बौं मूल्य बराबरको क्षति भएको उल्लेख गर्दैै अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हम पट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राखे । 

दशैंका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्‍यउन पनि उनले सबै सँग अपिल गरे । 
रासस 

प्रतिक्रिया