टी–२० सिरिज : आज नेपालले ओमानको सामना गर्ने

काठमाडौं । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत बुधबार नेपालले ओमानको सामना गर्दैछ । 

खेल क्यानडाको ओन्टारियो स्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो ।

सिरिजको पहिलो खेलमा क्यानडा सँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडा सँग पराजित भएको थियो । 

फाइनलको सम्भावना जिवित राख्न नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ। ओमानले भने यो बाहेक अर्को एक खेल खेल्न बाँकी नै छ। नेपाल र ओमान बीच अहिले सम्म सात टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र ओमानले ३ खेल जितेको छ । 


 

प्रतिक्रिया