वडाध्यक्षले पठाए हङकङ बाट राजीनामा

ताप्लेजुङ । विगत ११ महिना देखि हङकङमा रहदै आएका  सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पद बाट राजीनामा दिएका छन् । 

वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्ष मार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गते देखि लागू हुने गरी राजीनामा दिएका हुन् । 

विसं २०८० कात्तिक २४ गते देखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरीएको जिल्ला निर्वाचन आयोगले जनाएको छ । 

हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निज माथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए । 
रासस 

प्रतिक्रिया