प्रवेशाज्ञा अवधि बिते पछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

काठमाडौं  । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भए पछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानूनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौं महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्र बाट पक्राउ गरिएको हो । 

उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ । 
रासस 

प्रतिक्रिया