इजरायल माथि इरानको आक्रमण पछि बढ्यो तेलको मूल्य

एजेन्सी । इरानले इजरायलमा मिसाइल हमला गरे पछि कच्चा तेल (इन्धन)को मूल्य बढेको छ । 

आक्रमण पछि तेलको मूल्य एक प्रतिशत भन्दा बढीले बढेर प्रति ब्यारेल ७४ दशमलव ४० डलर पुगेको छ । मंगलबारको कारोबारको तुलनामा पाँच प्रतिशतले मुल्य वृद्धि भएको हो । 

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन)को तेस्रो ठूलो सदस्य हो । 

ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, युएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्ने गरेका छन् । यो हमला पछि मध्यपूर्वमा थप द्वन्द्वको चिन्ता बढेको छ अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया