कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

कर्णाली । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ बजे देखि लागू हुने गरी अन्त्य हुँदै छ । 

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजे लागू हुने गरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गर्ने जानकारी दिए ।  सभामुख गुरुङले चालु अधिवेशनमा आज सम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताए । 

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धता पूर्वक लाग्नु पर्नेमा जोड दिए । 
रासस 

प्रतिक्रिया