आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्दैछ । 

दिउँसो १ बजे सिंहदरबार स्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । समितिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ ।

जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ । संवैधानिक परिषदको गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो । 
 
समितिले मंगलबार प्रस्तावित न्यायाधीश र राजदूत द्वय विरुद्ध उजुरी दिएका उजुरीकर्ता सँग छलफल गरेको छ । समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउत विरुद्ध ६ र राजदूत द्वय लम्साल र यादव विरुद्ध एक–एक उजुरी परेको बताइएको छ । 
 

प्रतिक्रिया