इजरायलमा सुरु गर्‍यो इरानले मिसाइल हमला

एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण गरेको छ । बिहीबार राति इरानले इजरायल माथि १८० वटा मिसाइल प्रहार गरेको छ  । 

इरान द्वारा ब्यालिस्टिक मिसाइल आक्रमणको सूचना पाए पछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित आश्रय स्थलमा बस्न आग्रह गरेको छ । मानिसहरुलाई सुरक्षित बस्न देशै भरि साइरन बजाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएको र आफ्ना नागरिकलाई सुरक्षित राख्न सक्षम रहेको प्रतिक्रिया त्यहाँका सुरक्षा अधिकारीहरुले दिएका छन् । इरानको रिभोलुसनरी गार्ड्सले इजरायलमा मिसाइल आक्रमण हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र यस वर्षको सुरुमा हमास नेता इस्माइल हनियाहको हत्याको प्रतिक्रियामा भएको बताएको छ । 

यसैबीच इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ । लेबनानी प्रधानमन्त्रीले आफ्नो देशको सबै भन्दा खतरनाक चरण मध्ये एक भएको टिप्पणी गरेका छन् । इजरायलको आक्रमणमा परी १० लाख मानिस विस्थापित भएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया