देशभर बाढी पहिरामा परी २ सय २८ जनाको मृत्यु

काठमाडौं । हालैको बाढी पहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । 

अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हाल सम्म बाढी पहिरो प्रभावित क्षेत्र बाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्न लगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताएका छन् । 
रासस 

प्रतिक्रिया