धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री दाहाल र अर्थमन्त्रीले गलत प्रचार गरे: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूविरुद्ध ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरेको बताएका छन् । 

मंगलबार आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले त्यो समयमा एमाले सरकारमा भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिने कुरा आफूले नगरेको बताए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले आफू निकट पत्रिकामा समाचार लेखाएर हल्ला फिँजाएको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्न सरकारलाई खबदारी गरेपछि प्रधानमन्त्री झस्किएर भोलिपल्ट ५ अर्ब खाने भयो भन्ने समाचार लेखाएको बताए ।  । उनले आफू कमिसनका निम्ति काम गर्ने नभई देशका निम्ति काम गर्ने र भ्रष्टाचार गर्ने नभइ, रोक्ने मान्छे भएकाले भ्रष्टाचार काम आफूबाट हुन नसक्ने बताए । 
 

प्रतिक्रिया