विपदको घडीमा राष्ट्रिय एकता कायम गरेर एक अर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

मंगलबार  ललितपुर महानगरपालिका–१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उनले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गदैँ समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । उनले बाढी पीडितका समस्या समाधान गरी पीडितले सहज रूपमा दशैं मनाउने वातावरण बनाउन सरकारले द्रुतगतिमा पुनःस्थापनाका काम अगाडि बढाउनुपर्ने बताए । 

त्यस अवसरमा बाढी पीडितहरूले खानेपानी, विद्युत्लगायत अत्यावश्यक सेवा चाँडै आपूर्तिका लागि सहजीरण गरिदिन आग्रह गरेका थिए ।
 

प्रतिक्रिया