ललितपुरको भैंसेपाटीमा दुई दिने सैबु भैंसेपाटी महोत्सव हुने

काठमाडौं । ललितपुरको भैंसेपाटीमा दुई दिने सैबु भैंसेपाटी महोत्सव हुने भएको छ । प्रगति युवा क्लब र ललितपुर महानगरपालिका वडान नम्बर २५ को संयुक्त आयोजनामा आगामी शुक्रबार र शनिबार महोत्सव हुन लागेको हो ।

शुभ विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४५ र छठ पर्वको उपलक्ष्यमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा स्थानीय खानेकुरा, हस्तकलाका सामग्री, काठका सामग्री, मूर्तिसहित दशैँ लक्षित सामग्री र गाडीहरु विक्रीका लागि राखिने छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

महोत्सवबाट हुने आम्दानीको केही प्रतिशत बाढी पहिरो र डुवान पीडितहरुलाई उपलव्ध गराउने आयोजकले जनाएको छ ।  महोत्सवले सैबु भैँसेपाटीमा रहेका मठमन्दिर, कला संस्कृति, ढुंगेधारा, पाटीपौवा र ऐतिहासिक स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया