सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर रहेको  बताएका छन् । 

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेकाे  बताएका हुन् । 

प्रधानमन्त्री ओलीले सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताए। सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएको भन्दै फिर्ता कसरी ल्याउने भन्नेकुरामा सरकार गम्भीर भएर लागेको उनले बताए । 

 प्रधानमन्त्री ओलीले कानूनको दायराभित्र रहेर सरकारले काम गर्ने बताएका छन् । 

प्रतिक्रिया