ढोरपाटनका मेयर नेपाली पुर्पक्षका लागि थुनामा

काठमाडौं  । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा गएका छन् । उनलाई अदालतले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश दिएको हो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका देवकुमारलाई बचतकर्ताको उजुरीको आधारमा गत वर्षको जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी   गरेको थियो ।

मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ ।
 

प्रतिक्रिया