विपदबाट प्रभावितलाई राहत वितरण शुरु भइसक्यो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत वितरण गर्ने कार्य प्रारम्भ भइसकेको स्पष्ट पारेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलमा उनले विपदमा परेका नागरिकको खोज एवं उद्धार  कार्य दुई दिनभित्र गरिसकिने बताए । 

घाइतेहरूको निःशुल्क उपचार र विपद पछि  आउन सक्ने जनस्वास्थ्यका समस्या रोगथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उनले क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत लगाएत आधारभूत सेवा सञ्चालनका लागि सरकार सक्रिय रहेको बताए । 

सो अवसरमा विपद्का कारण २२४ को मृत्यु भएको, २४ बेपत्ता रहेको र १५८ घाइते रहेको तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिइयो ।

विपादबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर सहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।
 

प्रतिक्रिया