बाढी, पहिरो र डुवान प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबान डुबान पीडितलाई राहत वितरण शुरु गरेकाे दाबी गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य दुई दिनभित्र गरिसक्ने पनि बताएका हुन् ।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने बताएका छन् । उनले विपदपछि  फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले बताए ।

क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया शुरु गरिएको पनि उनले जानकारी दिए । त्यस्तै, राहत तथा उद्धारलाई तीव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको समेत जानकारी गराए । 


 

प्रतिक्रिया