दुर्गा प्रसाईं  १ लाख धरौटीमा रिहा

 काठमाडौं । साइबर अपराधको आरोपका पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ  ।

मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा छाड्न आदेश दिएका प्हरीले जनाएको छ । 

प्रसाईंलाई  प्रहरीको साइबर ब्युरोको यही असोज ६ गते उनको भक्तपुर स्थित निवास बाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । पक्राउ परेपछि उनी बिरामी भएको भन्दै अस्पताल भर्ना भएका थिए । प्रसाईंमाथि युट्युब च्यानलमार्फत  राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध रहेकी एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।उनीमाथि अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो। 

प्रतिक्रिया