पृथ्वी राजमार्गस्थित झ्याप्ले खोलाबाट दुईतर्फी सवारी सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेपछि झ्याप्ले खोलामा दुईतर्फी सवारी सञ्चालन शुरु भएको छ ।

झ्याप्ले खोलादेखि नागढुंगासम्म मध्यान्ह ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो । झ्याप्ले खोलाको पहिरो पन्छाएर सकिएपछि दुइतर्फी सवारी सञ्चालन शुरु गरिएको हो । 

गएको बिहिबारदेखि शनिबारसम्म भएको अविरल बर्षाको कारणले झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । 

 

प्रतिक्रिया