हेटौंडा–काठमाडौं यात्रामा सास्ती

बागमती । बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जन भन्दा बढी सडक छन् ।  ती सडकहरु सामान्य अवस्थामा हेटौंडाबाट काठमाडौं आवतजावत गर्न मुस्किलले तीन घण्टाको समय लाग्छ । तर यही असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षा र बाढी पहिरोका कारण ती अधिकांश सडकहरु यतिबेला अवरुद्ध छन् ।

अवरुद्ध भएकामध्ये त्रिभुवन लोकपथ सडक खण्ड अन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौं जाने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । एकतर्फी रुपमा सञ्चालनमा आएको सो सडकको अधिकांश भाग ग्राभेल र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले आउजाउ गर्नेहरुले ठूलो सास्ती भोग्नुपरेको छ । 

प्रतिक्रिया