अज्ञात समूहको गोली प्रहारबाट सुनसरीको धरानमा एकजनाको मृत्यु

काठमाडौं । अज्ञात समूहको गोली प्रहारबाट सुनसरीको धरानमा एकजनाको मृत्यु भएको छ । धरान ८ सेउती पुल नजिक अज्ञात समूहले गोली प्रहार गर्दा विराटनगरका २८ बर्षीय रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ साढे ५ बजेतिर उनलाई तीन जनाको समूहमा आएर गोली प्रहार गरिएको बताइएको छ । गोली प्रहारबाट घाइते भएका चौधरीलको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा अज्ञात समूहले रोहितमाथि लुटपाट गरी गोली प्रहार गरेको हो । चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया