शेयर बजारमा उछाल, ११४ अंकले बढ्यो

काठमाडौं ।  आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११४.७० अंकले बढेर बजारमा उछाल आएको हो । नेप्से ४.५७ प्रतिशतले बढेर २६२३.५६ विन्दुमा पुगेको छ । मंगलबार कारोबारमा पनि रौनक देखिएको छ । ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच भएको छ । 

मंगलबार २४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०७ वटा कम्पनीको कारोबार भएको छ । मंगलबार ९६ हजार ९०६ पटक शेयर किनबेच भएको छ । मंगलबार ३६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार समूहमध्ये सबै समूहमा हरियाली देखिएको छ । मंगलबार सबैभन्दा बढी फाइनान्स समूह ९.७४ प्रतिशतले बढेर ३ हजार १०१.५३ विन्दुमा पुगेको छ 

कारोबार रकमका आधारमा  एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहेका छन् । 

प्रतिक्रिया