प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रहेको एमालेको ठहर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताएका छन् । 

सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गरेका  मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उजिल्याउन मद्दत पुगेको छ”, उनले भने 

बैठकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमो रु ५० लाख दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय भएको  जानकारी उनले दिए । 

बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौं जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए । हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया