भारतीय अभिनेता  रजनीकान्त अस्पताल भर्ना

एजेन्सी । भारतीय फिल्मका अभिनेता  रजनीकान्त अस्पताल भर्ना भएका छन् । 

उनी सोमबार राति चेन्नईको एपोलो अस्पतालमा भर्ना भएका हुन् । उनको आज मंगलबार मुटुसम्बन्धी परीक्षण  तय गरिएको अस्पताले  जनाएको छ । उनको अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ । ७६ वर्षीय अभिनेता अक्टोबर १० मा रिलिज हुने निर्देशक ज्ञानवेल राजाको वेट्टाइयाँ र लोकेश कनागराजको कुली नामक दुई फिल्ममा व्यस्त छन्। उनी केही दिनअघि मात्रै चेन्नई फर्किएका थिए ।

एक दशकअघि रजनीकान्तको सिंगापुरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । दक्षिण भारतीय राजनीतिमा समेत होमिएका उनले  स्वास्थ्यको कारण देखाउँदै केही समय अघि राजनीतिबाट बाहिरिएको बताएका थिए ।खास गरी उनी दक्षिण भारतीय फिल्ममा निकै चर्चित अभिनेता हुन् ।  
 

प्रतिक्रिया