राष्ट्रसङ्घीय महासभा बारे प्रधानमन्त्री ओली द्वारा संसदीय दललाई जानकारी

काठमाडौं  । प्रधानमन्त्री के.पी. शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा आफूले गरेको सम्बोधन र त्यस क्रममा भएका दुई पक्षीय भेटवार्ता र कार्यक्रम बारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराएका छन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सँग भेटवार्ता गरेको बताए । 

सो दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति सहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्ति सँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदान प्रदानमा महत्वपूर्ण भएको बताए । 

प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसद्मा गरेको सङ्कल्प बमोजिम काम गरेर स्वदेश फर्किएको बताए । 
रासस 

प्रतिक्रिया