थाइल्याण्डमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा २०  बालबालिकाको मृत्यु

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककबाहिर प्राथमिक विद्यालयका ६० बालबालिका बोकेको एउटा बस दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परेर २० जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यसैगरी १६ जना बालबालिका र तीन जना शिक्षकले भनेर भागेर ज्यान जोगाएका बताइएको छ । अझै केही बिद्यार्थी र शिक्षकहरु हराइरहेका छन् । दुर्घटनामा परेको बस आगलागीबाट  पूर्णरुपमा जलेर नष्ट भएको  छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गर्मीका कारण अनुसन्धानकर्ताहरू गाडीभित्र पस्न नसकेको बताइएको छ ।

उत्तरी प्रान्त उथाई थानीको बिद्यालयको शैक्षिक भ्रमण बाट फर्केका बालबालिका र शिक्षकहरू बोकेको बस दुर्घटना भएको हो। थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्राले विद्यार्थीहरू राजधानीबाट करिब २५० किलोमिटर उत्तरमा रहेको उथाइ थानी प्रान्तबाट फिल्ड ट्रिपमा गएको बताएकी छिन् ।
’एक आमाको हैसियतले म परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा एक्समा  पोस्ट गर्दै भनेकी छन्।

थाइल्याण्डका  यातायात मन्त्रीले  दुर्घटनाबारे  जाँच गर्ने बताएका छन् । सो बस  ग्याँसबाट सञ्चालित  भएको अनुमान गरिएको छ । 
 

प्रतिक्रिया