सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दैनौंः रास्वपा सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा आफूहरुले गृहमन्त्रीको राजीनामा नमाग्ने बताएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग्ने एजेन्डा आफूहरुको नरहेको बताएका हुन् ।
सुन तस्करको जालो निरन्तर चलिरहेको प्रष्ट भएको बताउँदै उनले कुन स्तरको र ककस्को मिलेमतो हो भन्ने कुरा अनुसन्धानपछि खुल्ने बताए । रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनु दिनु नरहेको पनि उल्लेख गरे ।
मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको बताउँदै भागबन्डामा देशका महत्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको पनि जिकिर गरे ।
सङ्घीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको भन्दै उनले कार्यकर्तालाई मिलाउने गरी बनाएको प्रदेश संरचना पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया