लेबनानमा भएको इजरायली हवाई आक्रमणमा हमासका नेता अमिन मारिए

एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हमलामा आफ्ना नेता फतेह सरिफ अबु अल–अमिन पनि मारिएको हमासले जनाएको छ । 

हमासले अल–अमिन सँगै उनका परिवारका केही सदस्य पनि मारिएको बताएको छ । लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी शहर तायाह नजिकै रहेको एउटा शिविरमा इजरायलले हवाई आक्रमण गरेको जानकारी दिएको थियो । 

यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले हमास नेता अल–अमिनले लेबनानमा हिजबुल्लाह सँग मिलेर हमासको आतंकवादी गतिविधि गरिरहेका बताएको छ । यद्यपि हमास गाजामा बढी सक्रिय छ । 

हमास र इजरायल बीच झण्डै एक वर्ष देखि युद्ध चलिरहेको छ । हमास र हिजबुल्लाह दुवैलाई इरानको समर्थन छ 

प्रतिक्रिया